Logo
६ जेष्ठ २०८१, आईतबार
(June 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुगुमा आइपुगे अपूरा पाठ्यपुस्तक

हिमाली जिल्ला मुगुमा अपूरा किताब पुगेका छन् । पुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारले शैक्षिक सत्र सुरू भएकाे करिब एक महिनापछि अपूरा किताब पुराएकाे हाे । यद्यपि, अझै सबै कक्षाकाे पुस्तक आएकाे छैन ।

शैक्षिक सत्र सुरु भएकाे एक महिनापछि आएका पुस्तक पनि ४ देखि १० कक्षासम्मका मात्र रहेकाे जयलक्ष्मी पुस्तक भण्डारले जनाएको छ । जिल्लाका चार स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिकाका विद्यालयभित्रका विद्यालयहरूबाट मात्रै जयलक्ष्मी पुस्तक भण्डारले जिम्मा पाएकाे हाे ।

कक्षा १ देखि १० सम्म पुस्तक खरिदको जिम्मा पाएको यस पुस्तक भण्डारले सदरमुकाम गमगढी बजारमा ४ देखि १० कक्षासम्मका मात्र किताब आई पुगेकाे जनाएकाे छ ।कक्षा १ देखि ३ सम्मका पुस्तक भने अझै आएकाे छैन । कक्षा ५ को पाठ्यपुस्तक पनि सामाजिक विषय मात्र आई पुगेको पुस्तक भण्डारका प्रोपाइटर भाग्यराज भामले बताए ।

उनका अनुसार बाँकी पाठ्यपुस्तक एक दुई दिनभित्रै आईपुग्नेछन् । भामका अनुसार गत वर्षकाे तथ्यांक हेरेर छायाँनाथ रारा नगरपालिकाले एक सय १३ सेट पुस्तक माग गरेको थियाे । तर, विद्यालयहरूले पाँच सय ३० सेट पुस्तक माग गरेकाे उनकाे भनाइ छ ।

 

प्रकाशित मिति: Jun 12, 2022

प्रतिक्रिया दिनुहोस्