Logo
६ जेष्ठ २०८१, आईतबार
(June 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाङमा रोकी राखेको ट्रकमा बस ठोक्किँदा ८ जना घाइते

दाङको राप्ती गाउँपालिका–८ बिजौरी स्थित पूर्व पश्चिम राजमार्गमा आज रोकी राखेको ट्रकमा यात्रु वाहक बस ठोक्किँदा बसमा सवार ८ जना घाइते भएका छन् ।

आज बिहान पौने ९ बजे चेक जाँचको लागि रोकी राखेको लु २ ख ९२८० नम्बरको ट्रकमा काठमाण्डौबाट घोराही जाँदै गरेको ना ६ ख ४१५० नम्बरको बस ठोक्किएको हो ।

दुर्घटनामा घाइते भएका मध्ये तुल्सीपुर उपमहानगरपालिका–११ की मिरा चौधरी र बबई गाउँपालिका–५ का २३ वर्षीय तारा बहादुर बिश्वकर्मा गम्भिर घाइते भएका हुन ।

घाइतेहरुको राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । दुवै सवारी साधनका चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

प्रकाशित मिति: Jun 8, 2022

प्रतिक्रिया दिनुहोस्