Logo
८ बैशाख २०८१, शनिबार
(June 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज समाप्त हुँदै ‘सी’ डिभिजन लिग

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सहिद स्मारक ‘सी’ डिभिजन लिग आज शुक्रबार समापन हुँदैछ ।

लिगको ९१औं खेलमा झापा फुटबल क्लब र स्वयम्भू क्लबबीचको प्रतिस्पर्धासँगै यस सिजन २०७८/७९ लिग समाप्त हुनेछ ।

३१ अंक साथ लिगको शीर्षस्थानमा रहँदै झापा दोस्रो डिभिजनमा बढुवा भइसकेको छ । यस्तै एक खेल बाँकी रहँदै पुछारमा रहेर विरगंज युथ एकेडेमी र ओसिस क्लब रेलिगेशनमा परेका छन् ।

शीर्ष दुईमा रहेर सहिद स्मारक ‘बी’ डिभिजनमा लिगमा बढुवा हुने टोलीको भने अन्तिम दिन नै टुंगो लाग्नेछ ।

जसको लागि दोस्रो स्थानको प्लानिङ व्बाइज युनाईटेड र तेस्रो स्थानको आरसी ३२ फुटबल एकेडेमीलाई अवसर छ । दुबैको समान २८ अंक छ ।

आजको खेलमा प्लानिङ ब्वाइजले जित निकाले स्वतः बढुवा हुनेछ । यदि प्लानिङ बराबरीमा रोकिए या हार बेहोरेमा आरसी ३२ लाई माथिल्लो डिभिजनमा उक्लने अवसर रहने छ । तर त्यसका लागि आरसी ३२ ले अनिवार्य जित्नुपर्नेछ ।

आरसी ३२ र स्पोर्टस् एकेडेमी साँगाबीचको खेल साठे १२ बजे त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुनेछ । ओसिस र प्लानिङ सोहि समयमा सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा गर्नेछन् ।

झापा र स्वयम्भूबीचको खेल साठे ३ बजे एन्फा कम्प्लेक्समै हुनेछ । यस पछि पुरस्कार वितरण समारोह रहनेछ ।

प्रकाशित मिति: Jun 3, 2022

प्रतिक्रिया दिनुहोस्