Logo
६ बैशाख २०८१, बिहीबार
(May 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गणतन्त्र दिवसमा उदयपुरको जिल्ला कारागारबाट ७ कैदी जेलमुक्त

प्रदेश १ स्थित उदयपुरमा सरकारले विभिन्न मुद्दामा कैदीबन्दी जीवन बिताइरहेका जिल्ला कारागार शाखा उदयपुरका सात जनालाई गणतन्त्र दिवसको अवसरमा कैद सजाय मिनाहा गरेको छ ।

जिल्ला कारागार शाखा उदयपुरका अनुसार गणतन्त्र दिवसमा विभिन्न आरोपमा कैदी जीवन बिताउँदै गरेका सात जनाको बाँकी सजाय मिनाहा गरिएपछि उनीहरू रिहा भएका हुन ।

गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपतिबाट कैदीका सजाय मिनाहा गर्ने प्रचलनअनुसार उनीहरूको बाँकी सजाय मिनाहा भएको कारागार प्रमुख ९जेलर० कामु शाखा अधिकृत डिगमबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार सजाय मिनाहा पाउनेमा कर्तव्य ज्यानका दुई पुरुष, सवारी ज्यानका दुई, सवारी ज्यान र अंगभंगको दोषीमा जेल परेका एक तथा चोरी र ज्यान मार्ने उद्योगमा कसुर ठहरिएका एक एक जना रहेको जनाएका छन ।

साविक भलायडाँडा गाविस– ९ अहिले उदयपुरगढी गाउँपालिका– ७ का देवेन्द्र भन्ने ४५ वर्षीय देवबहादुर अधिकारी, साविक लेखगाउँ गाविस( ४ भई हाल ताप्ली गाउँपालिका–२ का रमेश भन्ने ४६ वर्षीय हरिबहादुर श्रेष्ठ रहेका छन् । सवारी ज्यान आरोपका कैदी सिराहा लहान नगरपालिका– ५ लाहान स्थायी बसोबास गर्ने २१ वर्षीय विनोद गुप्ता र सवारी ज्यानकै कैदी खोटाङ जन्तेढुंगा गाउँपालिका( ४ का २३ वर्षीय दिनेश थापा छन् । सवारी ज्यान र अंगभंगको आरोपमा कैदी साविक ताम्लिछा गाविस अहिले लिम्चुङबुङ गाउँपालिका–२ का ३० वर्षीय सन्तोषकुमार खत्रीको बाँकी सजाय मिनाहा भएका हुन् ।

चोरी अभियोगका कैदी त्रियुगा नगरपालिका( ११ गाईघाटका २६ वर्षीय सञ्जयकुमार चौधरी र ज्यान मार्ने उद्योगका कैदी रौतामाई गाउँपालिका– ७ का नविन भन्ने खम्बसिंह परियारले बाँकी सजाय छुट पाएको छ । उनीहरूलाई गृह मन्त्रालय, स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाको पत्रानुसार कारागार मुक्त गरिएको जेलर कार्कीले बताए । प्राप्त पत्रानुसार बाँकी सजाय छुट पाएका सातै कैदीलाई गणतन्त्र दिवसका दिन कारागार मुक्त गरेर बिदाइ गरिएको कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: May 30, 2022

प्रतिक्रिया दिनुहोस्