Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईपीएलः फाइनल प्रवेशका लागि गुजरात र राजस्थान आज खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी–२० क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायर खेल आज (मंगलबार) हुँदैछ।

पहिलो क्वालिफायर नेपाली समयअनुसार राति पौने ८ बजे गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल कोलकत्तामा हुनेछ ।

यस खेलको विजेता सिँधै फाइनल पुग्नेछन् । पराजित टोलीले इलिमिनेटरको विजेतासँग फाइनल प्रवेशको लागि मौका पाउँनेछ ।

नवप्रवेशी गुजरात २० अंकसहित शीर्षस्थानमा रहेर प्लेअफ पुगेको थियो । १८ अंकसहित राजस्थान दोस्रो स्थानमा छ ।

लिग चरणको भेटमा गुजरातले राजस्थानलाई ३७ रनले हराएको थियो । दोस्रो क्वालिफायरमा लखनउ सुपर जायन्ट र रोयल च्यालेन्जर्स बैंगरोलबीच भोलि प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: May 24, 2022

प्रतिक्रिया दिनुहोस्