Logo
३० असार २०८२, सोमबार
(May 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लामो दूरीमा फेरि बढ्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ। सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै गाडी भाडा पनि बढाएको हो।

यातायात व्यवस्था विभागले अन्तर्प्रदेश यात्रुवाहक सवारीसाधनमा ३.५ प्रतिशत बढाएको छ। पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ४.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ५.१ प्रतिशत वृद्धि भएको छ।

सरकारले यसअघि २०७८ चैत १७ गते भाडा बढाएको थियो। उक्त समयमा डिजेलको मूल्य १३८ रुपैयाँ रहेकोमा अहिले १५३ रुपैयाँ भएको छ।

तेलमा १० प्रतिशत बढी मूल्य बढेकाले जेठ ४ गतेदेखि लागू हुने गरी दुई वा सोभन्दा बढी प्रदेशमा गुड्ने गाडीको भाडा बढाएको छ।

प्रकाशित मिति: May 18, 2022

प्रतिक्रिया दिनुहोस्