Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसका नेता गुरुराज घिमिरेले गरे राजनीतिबाट सन्यास लिने संकेत

नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट सन्यास लिने संकेत गरेका छन् ।

घिमिरेले मगलबार विहान सामाजिक सञ्जालमार्फत पार्टीभित्र चरम गुटबन्दी भएको भन्दै मंसक्रिय राजनीतिबाट विदा दिने मुडमा पुगेको संकेत देखाएका हुन् ।

घिमिरेले सामाजिक सञ्जालमार्फत भने, ‘स्थानीय तहको टिकट वितरण गर्दा अधिकांश साथीमाथि एकदमै अन्याय भयो। मैले अन्याय भएको कुरालाई चुपचाप सहन सकिनँ,’ उनले भने, ‘अन्यायमा परेका साथीहरूका पक्षमा एक जना नेताले पनि बोल्नुभएन । त्यसैले सक्रिय राजनीतिबाट निष्क्रिय हुने मुडमा पुगेको हुँ ।’

नेविसंघका पूर्व अध्यक्ष तथा पार्टीका पूर्व केन्द्रीय सदस्य घिमिरेले स्थानीय तह निर्वाचन सम्पन्न भएपछि सक्रिय राजनीतिबाट विदा हुने निर्णय लिने बताए । स्थानीय तह निर्वाचनका लागि पार्टीले उम्मेदवार छनोट गर्दा पहुँचका, शक्ति र व्यक्तिगत स्वार्थका आधारमा टिकट वितरण भएको घिमिरेको निष्कर्ष छ ।

 

 

प्रकाशित मिति: Apr 26, 2022

प्रतिक्रिया दिनुहोस्