Logo
८ जेष्ठ २०८१, मंगलबार
(April 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी निर्णयविपरीतका उम्मेदवारी फिर्ता लिन विप्लव नेतृत्व नेकपाको अपिल

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टी निर्णयविपरीतका उम्मेदवारी फिर्ता लिन अपिल गरेको छ ।

पार्टीको तर्फबाट केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले जारी गरेको विज्ञप्तिमा पार्टीको नीति अनुसरण नगरी दर्ता भएका उम्मेदवारको मनोनयन फिर्ता लिन अपिल गरिएको हो ।

आठौं केन्द्रीय समितिको १२ औं बैठकको निर्णयविपरीतका उम्मेदवारी फिर्ता लिन नेकपाले भनेको हो  । ‘पार्टीको आठौं केन्द्रीय समितिको निर्णयअनुसार पार्टी दर्ता नगर्ने र चुनावमा भाग नलिने, देशभक्त, जनवादी, एमसीसीविरोधी उम्मेदवारलाई समर्थन गर्न सकिने निर्णय भएको थियो । यस्तै पार्टीका सदस्यहरू उठ्न चाहेको अवस्थामा स्वतन्त्र हैसियतमा उठ्ने नीति पारित भएको थियो । जसबमोजिम पार्टीले चुनाव उपयोग गर्ने नीतिको तात्पर्य स्वाभाविक रूपले केन्द्रीय समितिका सदस्य र जिल्लाका पदाधिकारी उम्मेदवारमा नउठ्ने भन्ने रहेको विज्ञप्तिमा उल्लेख छ ।तर, सो विपरीत कतिपय केन्द्रीय सदस्य र जिल्लाका पदाधिकारीले नै विभिन्न पदहरूमा मनोनयन दर्ता गरेका समाचारहरू प्रकाशित भएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको नीति अनुसरण गर्ने कमरेडहरूलाई नीतिविपरीत देखिने उम्मेदवारीको मनोनयन फिर्ता लिनका लागि पार्टीको सचिवालय हार्दिक अपिल गर्दछ।’

प्रकाशित मिति: Apr 26, 2022

प्रतिक्रिया दिनुहोस्