Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबैभन्दा धेरै कमाउने फिल्म पीकेलाई पछि पार्दै केजीएफ-२ ले

google

भारतीय साउथ फिल्मका सुपरस्टार यशको फिल्म केजीएफ-२ ले बक्स अफिसमा लगातार रेकर्ड तोड्दै छ ।

११ दिनमा अहिले यो फिल्मले विश्वभर ८८० करोड भारतीय रुपैयाँभन्दा बढीको व्यापार गरेको छ ।योसँगै केजीएफ-२ पनि आमिर खानको ‘पीके’लाई पछि पार्दै छैटौँ सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको छ।साथै यो फिल्मको हिन्दी संस्करणले ११ दिनमा ३२० करोडभन्दा बढी कमाई गरेर धेरै कीर्तिमान पनि बनाएको छ । ट्रेड एनालिस्टले फिल्मले छिट्टै १००० करोड क्लबमा पुग्ने अपेक्षा गरेको छ ।

मनोबाला विजयबलनले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै १०० करोडको बजेटमा बनेको केजीएफ-२ ले दोस्रो हप्ताको चौथो दिन अर्थात् ११ औं दिन (आइतबार) ६४.८३ करोडको वर्ल्ड वाइड ग्रस बक्स अफिस कलेक्सन गरेको बताएका छन् ।

यसअघि फिल्मले दोस्रो हप्ताको तेस्रो दिन ४२.१५ करोड, दोस्रो दिन २६.०९ करोड र पहिलो दिन ३०.१८ करोड कमाएको थियो । योसँगै फिल्मले पहिलो हप्तामा ७२०.३१ करोडको व्यापार गरेको थियो ।

यस अनुसार, फिल्मले ११ दिनमा हालसम्म कूल वर्ल्डवाइड ग्रस बक्स अफिस कलेक्सन ८८३.५६ करोड रुपैयाँ गरेको छ । योसँगै फिल्मले आमिर खानको फिल्म ‘पीके’ लाई पछाडी पार्दै ११ दिनमा सर्वाधिक कमाई गर्ने भारतीय फिल्मको सूचीमा छैठौं स्थानमा पुगेको छ ।

तरण आदर्शले केजीएफ-२ को हिन्दी संस्करणले दोस्रो हप्ताको चौथो दिन अर्थात् ११ औं दिन भारतमा २२.६८ करोड रुपैयाँ कमाएको बताए ।

यसअघि फिल्मको हिन्दी संस्करणले दोस्रो हप्ताको तेस्रो दिन १८.२५ करोड, दोस्रो दिन ११.५६ करोड र पहिलो दिन १३.५८ करोड कमाएको थियो।

योसँगै फिल्मको यो संस्करणले पहिलो हप्तामा २५५.०५ करोडको व्यापार गरेको थियो । यस अनुसार फिल्मको हिन्दी संस्करणले अहिलेसम्म ११ दिनमा कुल ३२१.१२ करोड कमाएको छ ।एजेन्सी

 

प्रकाशित मिति: Apr 26, 2022

प्रतिक्रिया दिनुहोस्