Logo
८ जेष्ठ २०८१, मंगलबार
(April 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय निर्वाचनका लागि १ लाख ३७ हजार २३ उम्मेदवारी दर्ता

यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३७ हजार २३ उम्मेदवारले उम्मेद्वारी दर्ता गराएका छन् ।

मंगलबार बिहान सार्वजनिक निर्वाचन आयोगले गरेको विवरण अनुसार ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि हुने चुनावमा आइतबार र सोमबार गरी राजनीतिक दल र स्वतन्त्र उम्मेदवारबाट उम्मेदवारी दर्ता भएको हो ।

२०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।त्यस्तै आयोगले आज उम्मेदवारविरुध विरोधमा उजुरी दिन भनेको छ । १४ र १५ वैशाखमा मनोनयन पत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्य तालिका तय गरेको छ ।

१६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्य तालिका छ ।

हेर्नुहोस्  कुन पदमा कति :

 

 

प्रकाशित मिति: Apr 26, 2022

प्रतिक्रिया दिनुहोस्