Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज चुनावी उम्मेदवारविरुद्ध दाबी विरोधको उजुरी दिन पाइने

निर्वाचन आयोगले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका उम्मेदवारविरुद्ध आज दाबी विरोधको उजुरी दिने समय दिएको छ ।

स्थानीय चुनावको लागि आइतबार र सोमबार उम्मेदवारी दर्ता गरेका उम्मेदवार उपर आज मंगलबार दाबी विरोधको उजुरी दर्ता गर्न निर्वाचन आयोगले आजको समय दिएको हो ।

उजुरी दिन भने निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ ।आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइने प्रवाधान रहेको छ । तर, आयोगले उम्मेदवारहरूको नामावली नै रुजु गरिसकेको छैन् ।

तैपनि, आजै उजुरी दिने समय पनि आयोगले यसअघि नै तोकेको हो । आयोगले प्राप्त उजुरीमाथि जाँझबुझ भने वैशाख १४ र १५ गते गर्नेछ ।

जाँझबुझपछि उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ । वैशाख १६ गते भने उम्मेदवारी फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ ।

वैशाख १७ गते उम्मेदवार बनेकाहरूले निर्वाचन चिन्ह प्राप्त गर्नेछन् । वैशाख ३० गते ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि निर्वाचन हुँदैछ ।

 

प्रकाशित मिति: Apr 26, 2022

प्रतिक्रिया दिनुहोस्