Logo
७ जेष्ठ २०८१, सोमबार
(April 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गठबन्धनबाट काठमाडौंको मेयरमा सिर्जना सिंहद्वारा मनोनयन दर्ता

काठमाडौं महानगरपालिकाको मेयरमा गठबन्धको तर्फबाट कांग्रेसकी सिर्जना सिंहले मनोनयन दर्ता गरेका छन् । काठमाडौंको भृकुटीमण्डमा मेयरका लागि मनोनयन दर्ता गराएकी सिंह कांग्रेस नेता प्रकाशमानकी पत्नी हुन् ।

२०३७ सालमा नेपाल महिला सङ्घ गोरखाको सभापति भएकी सिंह महाबौद्ध क्याम्पसको नेविसङ्घको इकाइ सभापतिसमेत थिइन् ।

उम्मेदवारी दर्तापछि उनले आफ्ना सबै योजना काठमाडौंको उत्थानका लागि हुने बताइन । उम्मेदवार सिंहले काठमाडौंलाई व्यवस्थित, सफा र सुन्दर बनाउने बतालाई ।

उनले काठमाण्डौमा पनि अझै महिलालाई सम्मान व्यवहार नभएको भन्दै महिलाको हितमा काम गर्ने प्रतिबद्धता जनाइन् ।

प्रकाशित मिति: Apr 25, 2022

प्रतिक्रिया दिनुहोस्