Logo
८ जेष्ठ २०८१, मंगलबार
(April 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अहिलसम्म देशभर २८८०५ जनाले गराए उम्मेदवारी दर्ता {विवरणसहित}

निर्वाचन आयोगले आयोगले हालसम्म २८८०५ जनाले मनोनयन गर्दा गराएको जानकारी दिएको छ । स्थानीय तह निर्वाचन अन्तरगत ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता कार्य जारी रहेको जनाएको छ ।

आयोगले हालसम्म २८८०५ जनाले मनोनयन गर्दा गराएको र यो क्रम अझै जारी रहेको जनाएको छ । आयोगका अनुसार हालसम्म प्रमुख पदमा ११७० जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष पदमा १०५० जनाले दर्ता गराएका छन् ।

यसैगरी उपप्रमुख पदमा ६३१ तथा उपाध्यक्ष पदमा ६०६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी वडाध्यक्ष पदमा ७ हजार ६६२ जना, महिला सदस्य पदमा ४४३१, महिला दलित सदस्य पदमा ३७७६ र सदस्य पदमा ९ हजार ४७९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यो विवरण दिउँसो ३ बजेसम्मको रहेको आयोगको भनाइ छ ।

प्रकाशित मिति: Apr 25, 2022

प्रतिक्रिया दिनुहोस्