Logo
८ जेष्ठ २०८१, मंगलबार
(April 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपाबाट काठमाडौंको मेयरमा मदनदास श्रेष्ठको उम्मेदवारी दर्ता

काठमाडौं महानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट कलाकार तथा अभिनेता मदनदास श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

आज सोमवार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभा गृह पुगेर श्रेष्ठले मेयरमा मनोनयन दर्ता गराएका हुन् ।

कलाकार श्रेष्ठ लामो समयदेखि राप्रपामा सक्रिय रहेका छन् ।उम्मेदवारी दिएलगत्तै सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले महानगरवासीले आफूलाई विजयी गराउने विश्वास व्यक्त गरे ।

कलाकार श्रेष्ठले आफू विजयी भएमा अव्यवस्थित रूपमा रहेको काठमाण्डौ नगरलाई व्यवस्थित बनाउने, ज्येष्ठ नागरिक र बालबालिकाका लागि बाटिका, युवालाई रोजगारीको अवसर सृजना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राप्रपाले काठमाडौं महानगरपालिकाको उपमेयरमा भने विनिता मगैयालाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति: Apr 25, 2022

प्रतिक्रिया दिनुहोस्