Logo
८ जेष्ठ २०८१, मंगलबार
(April 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्ना उम्मेदवार जिताउन एक ढिक्का हुने गठबन्धनको निर्णय

चुनावी तालमेलमार्फत उम्मेदवारी दिएका व्यक्तिलाई जिताउन एक ढिक्का हुने सत्तारुढ पाँच दलीय गठबन्धनले निर्णय गरेको छ ।

कांग्रेसका नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की दिएको जानकरी अनुसार बालुवाटारमा आज बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले गठबन्धनको निर्णयअनुसार उम्मेदवारी दिएका व्यक्तिलाई जिताउन एक ढिक्का हुने निर्णय गरेको हो ।

महानगर र उपमहानगरको भागबन्डा केन्द्रबाटै गरिएको, धेरै जिल्लामा स्थानीयस्तरबाट तालमेल भएको र सहमति जुट्न नसकेका ठाउँमा पनि सकभर सहमति जुटाउन आग्रह गरिएको कार्कीले जानकारी दिए ।

आन्तरिक असमझदारीलाई समाधान गर्दै चुनाव केन्द्रित हुन बैठकले नेता, कार्यकर्तालाई आग्रह गरेको छ । अहिले आवेशमा आएर गठबन्धन र दलको निर्णय विपरीत दर्ता भएका उम्मेदवारी फिर्ता हुने पनि कार्कीको भनाइ छ ।

प्रकाशित मिति: Apr 25, 2022

प्रतिक्रिया दिनुहोस्