Logo
७ जेष्ठ २०८१, सोमबार
(April 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकीकृत समाजवादीले चुनावी तालमेल नभएका सबै स्थानमा उम्मेदवार उठाउने

सत्तारुढ गठबन्धनमा आवद्ध पाँच दलले केन्द्रमा चुनावी तालमेल गर्ने निणर्य गरेता पनि स्थानीय तल्ला निकायमा उक्त निर्णय कार्यन्वयनमा समस्या सृजना भएको अवस्थामा नेकपा एकीकृत समाजवादीले पाँच दलीय गठबन्धनमा तालमेल नभएका सवै स्थानमा आफ्ना उम्मेदवार उठाउने भएको छ ।

सो पार्टीको सोमबार बसेको सचिवालय बैठकले गठबन्धनमा तालमेल भएका स्थानमा गठबन्धनका उम्मेदवारलाई नै जिताउने र नभएका सवै स्थानमा आफ्नो पार्टीका एकल उम्मेदवार उठाउने निर्णय भएको महासचिव डा।बेदुराम भुसालले जानकारी दिए ।

बैठकले पोखराको मेयरमा धनराज आचार्य, काठमाडौको उपमेयरमा रामेश्वर श्रेष्ठ,हेटौडाको मेयरमा मीना लामा तथा इटहरी, बुटवल र तुलसीपुरको उपमेयरमा क्रमश केशव विष्ट, चिनबहादुर गुरुङ र जोगबहादुर राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

गठबन्धनको सहमति अनुसार ६ महानगर र ११ उपमहानगरका २४ पदमध्ये ६ वटा पदमा समाजवादीका तर्फबाट साझा उम्मेदवार बन्नेछन् । पाँच दलबीच महानगर उपमहानगरमा भएको भागबण्डामा समाजवादीले पोखरा महानगरको मेयर, हेटौडा उपमहानगरको मेयर तथा काठमाडौ महानगरको उपमेयरको उम्मेदवार पाएको छ । त्यस्तै इटहरी, बुटवल र तुलसीपुर उपमहानगरको उपमेयर पनि समाजवादीको भागमा परेको छ ।

अहिले देश चुनावमय बनीरहेको छ । यही बैशाख ३० गते स्थानीय चुनावको लागि नेता कार्यकताहरु चुनावको प्रचा र प्रसारमा व्यस्त रहेका छन् । यतिबेला दलहरुभित्र भागबन्डामा समस्या देखिएको छ ।

 

प्रकाशित मिति: Apr 25, 2022

प्रतिक्रिया दिनुहोस्