Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनावी तालमेल विवादित क्षेत्रबारे छलफलका लागि आज पनि गठबन्धनको बैठक बस्दै

file photo

चुनावी तालमेल विवादित क्षेत्रबारे छलफल गर्न आज पनि सत्ता गठबन्धनको बैठक बस्दै छ ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेता बैठक बस्न लागेका हुन् ।

पाँच दलीय गठबन्धनको बैठक हिजो आइतबार बेलुकी पनि बालुवाटारमा बसेको थियो । तालमेल गर्न बाँकी रहेका र विवादित क्षेत्रबारे आज  बिहान बैठक बसेर सहमति खोजिने नेताहरूले बताएका छन् ।

पाँच दलीय गठबन्धन स्थानीय चुनावमा मिलेर जाने सहमति गरेका थिए। तर केही स्थानीय तहमा तालमेलमा विवाद हुँदा एक्ला एक्लै प्रतिस्पर्धा गर्ने तयारीमा दलहरू छन् ।

गठबन्धनको केन्द्रीय निर्णय तल्ला तहमा कार्यन्वयनमा समस्या सृजना खडा भएको छ । विभिन्न ठाउमा नेपाली कांग्रेसका नेता कार्यकताले तालमेल नगर्ने भन्दै निणर्य गरीरहेका छन् ।

प्रकाशित मिति: Apr 25, 2022

प्रतिक्रिया दिनुहोस्