Logo
८ जेष्ठ २०८१, मंगलबार
(April 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महानगरमा उम्मेदवारको मात्रै चिन्ह मतपत्रमा छाप्नेबारे एमालेले गरायो आयोगको ध्यानाकर्षण

नेकपा एमालेले महानगरमा उम्मेदवारी परेको उम्मेदवारबाहेक अन्य चिन्ह हटाएर मतपत्र छाप्नेबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

एमालेले आइतबार निर्वाचन आयोगलाई पत्र लेखेर भक्तपुरका चार पालिका र ६ वटा महानगरपालिकाको मतपत्र छपाउँदा उम्मेदवार परेको उम्मेदवार बाहेक अन्य चिन्ह हटाउनेबारे आपत्ति जनाउँदै ध्यानाकर्षण गराएको हो ।

‘त्यसबारे समाचारप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ। केही दिन अघि गठबन्धन दलका केही शीर्ष नेताहरूको अभिव्यक्ति यस समाचारसँग मिल्दोजुल्दो देखिन्छ,’ उक्त पत्रमा उल्लेख छ,‘यो समाचार यदि सही हो भने अन्य पालिकाहरूको भन्दा भिन्न प्रकृतिको यस्तो मतपत्र सरासर गठबन्धनका दलहरूलाई मात्र फाइदा पुग्ने आशय प्रेरित छ ।’

आयोगले भक्तपुरका चार पालिका र ६ वटा महानगरपालिकाको मतपत्र वैशाख १७ गतेपछि मात्रै छाप्ने निर्णय गरेको छ ।

सुरूमा ढुवानी गर्न कठिन हुने स्थान तथा अरू जिल्लामा पठाउने गरी मतपत्र छापिरहेको छ । भक्तपुरका चार पालिका र ६ वटा महानगरपालिकाको मतपत्र वैशाख १७ गते पछि मात्रै छापे पनि ढुवानी गर्न कठिन नहुने भन्दै सो निर्णय गरेको थियो ।

 

 

प्रकाशित मिति: Apr 24, 2022

प्रतिक्रिया दिनुहोस्