Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको दाबी : नयाँ नक्सा र सीमा विवादको बारेमा भारतसामु स्पष्ट अडान राखेको छ

नेपालले प्रकाशित गरेको नयाँ नक्सा र सीमा विवादको बारेमा भारतसामु स्पष्ट दृष्टिकोण राखेको कांग्रेसले दाबी गरेको छ ।

आसन्न स्थानीय निर्वाचनका लागि तयार पारिएको घोषणा पत्रमार्फत कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको हालैको भारत भ्रमणका दौरान अतिक्रमित नेपाली भूमि फिर्ता गर्ने र सीमा विवाद समाधान गर्ने विषयमा स्पष्ट अडान राखेको जनाएको हो ।

‘स्मरणीय छ, गत महिना सम्पन्न भारत भ्रमणको अवसरमा पनि नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले नेपालले प्रकाशित गरेको नयाँ नक्सा र सीमा विवादको बारेमा नेपालको स्पष्ट दृष्टिकोण र अडान भारत सरकारसँग राख्नु भएको छ । उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक संवादमार्फत नेपाल-भारतबीच रहेका लिम्पियाधुरा, लिपुलेक र कालापानी तथा सुस्तालगायत सबै क्षेत्रका सीमा विवाद समाधान गरी नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र सीमा सुरक्षा गर्न नेपाली काँग्रेस कृतसंकल्पित छ’, सङ्कल्प पत्रमा भनिएको छ ।

कांग्रेसले सभापति देउवाको नेतृत्वमा सरकार बनेयता अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक सन्तुलनमा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबीसमेत गरेको छ ।

 

प्रकाशित मिति: Apr 24, 2022

प्रतिक्रिया दिनुहोस्