Logo
८ जेष्ठ २०८१, मंगलबार
(April 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय निर्वाचनका लागि ठुला दलले सोमबार मात्रै काठमाडौंमा उम्मेदवारी दर्ता गर्ने

काठमाडौं उपत्यकामा स्थानीय तह निर्वाचनका लागि सोमबार मात्रै ठूला राजनीतिक दलहरुले उम्मेद्वारी दर्ता गर्ने भएका छन् ।

प्रतिपक्ष दल नेकपा एमाले र सत्ता गठबन्धनमा रहेका दलका नेताहरूले उपत्यकामा उम्मेदवारी दर्ता भोलिमात्रै गर्ने जनाएका हुन् ।  काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका सबै स्थानीय तहहरूमा उम्मेदवार तय भैनसकेकाले सोमबारमात्रै उम्मेदवारी दर्ता गर्ने नेकपा एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले जानकारी दिए ।

त्यस्तै सत्तारुढ गठबन्धन दलले पनि देशका अधिकांश स्थानमा भोलि नै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् ।सत्तारुढ दलका नेता जीवनराम श्रेष्ठले अधिकांश स्थानमा गठबन्धनका साझा उम्मेदवारको उम्मेदवारी सोमबार मात्रै दर्ता हुने बताए ।

गठबन्धनको बैठक आइतबार दिउँसो बस्दैछ । बैठकमा देशभरिको तालमेलको अवस्था विश्लेषण गरेर उम्मेदवार तय गर्ने र उम्मेदवारी दिने गठबन्धनको तयारी छ ।

यता विवेकशील साझा लगायतका दलले भने आइतबार नै उम्मेदवारी दिने बताएका छन् ।

 

प्रकाशित मिति: Apr 24, 2022

प्रतिक्रिया दिनुहोस्