Logo
८ जेष्ठ २०८१, मंगलबार
(April 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा मेलम्चीको पानी धारामा पुनः वितरण सुरु

बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको संरचना पुनर्निर्माणपछि मेलम्चीको पानी काठमाडौंका धारामा पुनः वितरण सुरु गरिएको छ ।

आयोजनाको संरचना पुनर्निर्माणपछि खानेपानी मन्त्री उमाकन्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको नयाँ बानेश्वरस्थित शाखा कार्यालयबाट एक कार्यक्रमबीच धारामा पानी वितरण शुभारम्भ गरेका हुन् ।

मन्त्री चौधरीले गत चैत २९ गते आयोजनाको हेडवर्क्सबाट सुरुङतर्फ पानी पथान्तरण सुरुवात गरेका थिए । त्यसपछि सुन्दरीजल पानी प्रशोधन केन्द्रबाट शुद्ध गरी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका १० वटा रिजर्भवेर ट्याङ्कीमा पठाइएको थियो । अहिले घरघरमा पाइपमार्फत धारामा पानी पठाउन सुरु गरिएको हो ।

 

प्रकाशित मिति: Apr 24, 2022

प्रतिक्रिया दिनुहोस्