Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 24, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उम्मेदवारी मनोनयनमा समस्या देखिएपछि आज गठबन्धनको बैठक बस्दै

गठबन्धनमा आवद्ध पाच दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । पाँच दलका शीर्ष नेताहरूले गरेको सहमति तल्ला तहमा कार्यान्वयन हुन नसक्दा गठबन्धनबाट उम्मेदवारी मनोनयनमा समस्या देखिएको अवस्थामा आज गठबन्धननका शीर्ष नेताहरुको बैठक आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

गठबन्धनमा तालमेलको सहमति शीर्ष नेताले गरेपनि तल्ला तहमा कार्यान्वयन हुन नसक्दागठबन्धनबाट उम्मेदवारी मनोनयनमा समस्या देखिएको त्यही समस्या समाधानका लागि गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो ।

सत्ता गठबन्धनमा आबद्ध दलहरुमा भने मनोनयनको दिनसम्म पनि किचलो समाधान हुन सकेको छैन ।शीर्ष नेताहरुको बैठक अघि गठबन्धनको चुनाव तयारी तथा अनुगमन समितिको बैठक पनि बस्नेछ ।

समितिको बैठकको निष्कर्ष शीर्ष नेताहरूको बैठकमा पेस गरेर समस्या देखिएका स्थानमा के गर्ने भन्ने निर्णय लिइने बुझिएको छ ।

प्रकाशित मिति: Apr 24, 2022

प्रतिक्रिया दिनुहोस्