Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंको मेयर उम्मेदवार प्रकाशमान सिंहकी पत्नीलाई बनाउन कांग्रेसमा सहमति

नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार सिर्जना सिंहलाई बनाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा सिंहलाई मेयरको उम्मेदवार बनाउने सहमति भएको हो ।

कांग्रेसले शनिबार विहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिबाट महानगरपालिका मेयर र उप-मेयरका उम्मेदवार चयन गर्ने छ ।

बैठकका बीच सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले भनिन्, ‘काठमाडौं महानगरपालिकामा सिर्जना सिंहको नाममा सबै सहमत हुनुहुन्छ । काठमाडौ‌ंको मेयरमा उहाँको सम्भावना बढी छ छ । औपचारिक निर्णय भने भोलि विहान ११ बजेपछि हुन्छ ।’

ललितपुर र विराटनगर महानगरपालिका प्रमुखमा भने मुख्यतस् तीन जनाको नाममा छलफल भइरहेको उनको भनाइ छ । काठमाडौँको मेयरको उम्मेदवार बन्ने पक्कापक्की भएकी श्रृजना काँग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् ।

 

 

प्रकाशित मिति: Apr 22, 2022

प्रतिक्रिया दिनुहोस्