Logo
१२ बैशाख २०८१, बुधबार
(April 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राणाशाहीविरूद्ध २००७ सालमा कांग्रेस र कम्युनिष्ट सबैले बन्दुक उठाएका हौं : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राणाशाहीविरूद्ध २००७ सालमा कांग्रेस र कम्युनिष्ट सबैले बन्दुक उठाएको दाबी गरेका छन् ।

स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र जारी ओलीले उनले राणाशाहीविरूद्ध २००७ सालमा कांग्रेस र कम्युनिष्ट सबैले बन्दुक बोकेको बताए ।साथै ओलीले कांग्रेसले कम्युनिष्टलाई हिंसामा विश्वास गर्ने र आफूलाई शान्तिवादी भनेर भ्रम फिँजाइरहेको टिप्पणी समेत गरेका छन् ।

‘नेपाली कांग्रेस पनि अलिअलि हाउभाउ गर्छ । हामीलाई हिंसामा विश्वास गर्नेको रूपमा परिभाषित गर्ने र आफूचाँही शान्तिवादीको रूपमा परिभाषित गर्न खोज्ने,’ उनले भने,‘नेपाली कांग्रेस पनि स्थापना हुँदा बल प्रयोग गरेर राज्यसत्ता कब्जा गर्ने र राणाशाही उल्टाउने नीतिका साथ स्थापना भएको थियो ।’

‘कांग्रेसले पनि ७ सालमा हतियार उठाएको हो, हामीले पनि उठाएका हौं,’ उनले भने ।कम्युनिष्ट पार्टी पनि त्यसैगरी बल प्रयोगद्वारा राज्यसत्ता प्राप्त गर्ने र न्यायोचित समाज स्थापना गर्ने नीतिका साथ नै स्थापना भएको उनले बताए ।

 

प्रकाशित मिति: Apr 22, 2022

प्रतिक्रिया दिनुहोस्