Logo
७ जेष्ठ २०८१, सोमबार
(April 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोसपाका अध्यक्ष ठाकुरले गरे १३ हजार ‘टिकट’मा हस्ताक्षर

वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि उम्मेदवार तय गर्न लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले १३ हजार टिकटमा हस्ताक्षर गरेका छन् ।सबैको सहमति भएमा लोसपाले आजबाट टिकट वितरण गर्ने समेत स्रोतले जानकरी दिएका छन् ।

उम्मेदवारको बारेमा टुङ्गो लगाउन लोसपाको कार्यालयमा शीर्ष नेताहरुको बैठक जारी छ । बिहीबार बसेको कार्यकारिणी समितिको बैठकमा देशभर लोसपाको चुनावी अवस्थाका बारेमा ब्रिफिङ भएको थियो ।

जिल्लामा जिम्मेवारी लिएर खटिएका कार्यकारिणी सदस्यहरुले आआफ्नो ब्रिफिङ सुनाएको कार्यकारिणी सदस्य अकवाल मियाँले बताए ।
बैठकमा अध्यक्ष महन्थ ठाकुरले उम्मेदवार चयन प्रकृया, चुनावी गठबन्धन लगायतको बारेमा आफ्नो धारणा राखेका थिए । यसअघि नै चुनावी गठबन्धनका लागि स्थानीय तहलाई जिम्मेवारी दिइसकेको छ ।

आवश्यकताअनुसार जुनसुकै दलसँग पनि चुनावी तालमेल गर्ने निर्णय सो पार्टीले यसअघि नै गरिसकेको छ ।लोसपामा देशभरबाट सिफारिस भएका उम्मेदवार अनुसार अध्यक्ष ठाकुरले हालसम्म १३ हजार मनोनयपत्र (टिकट) मा हस्ताक्षर गरिसकेका छन् ।

जिल्लाबाट अझै सिफारिस आउने क्रम जारी रहेको जनाइएको छ ।

प्रकाशित मिति: Apr 22, 2022

प्रतिक्रिया दिनुहोस्