Logo
८ जेष्ठ २०८१, मंगलबार
(April 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज एमालेले स्थानीय चुनावको घोषणापत्र सार्वजनिक गर्दै

नेकपा एमालेले स्थानीय चुनावको घोषणा पत्र आज सार्वजनिक गर्ने भएको छ । ७४ औं पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

थापाथलीमा रहेको पार्टी मूख्यालय शुक्रबार नै ललितपुरको च्यासलस्थित तुल्सीलाला अमात्यस्मृति भवनमा सारेर त्यहींबाट घोषणापत्र सार्वजनिक गरिने एमाले सचिवालयले जनाएको छ ।

एमाले महानगरहरु र उपमहानगरहरुका उम्मेदवारको सूची भने शनिबार मात्रै सार्वजनिक गर्ने भएको छ । एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले यसअघि नै घोषणापत्र सार्वजनिक गरिसकेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले पनि घोषणापत्र ल्याईसकेका छन् ।सत्ताका प्रमुख साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रले भने घोषणापत्र ल्याएका छैनन् ।

प्रकाशित मिति: Apr 22, 2022

प्रतिक्रिया दिनुहोस्