Logo
८ जेष्ठ २०८१, मंगलबार
(April 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेटौँडामा मदन भण्डारी र जीवराज आश्रितको सालिक तोडफोड

मकानपुर जिल्ला अन्तरगत हेटौँडा उपमहानगरपालिका-९ मा निर्माण हुँदै गरेको दिव्य  पार्कमा रहेको मदन कुमार भण्डारी र जीवराज आश्रितको सालिक तोडफोड भएको छ ।

गएराति अज्ञात समूहले पार्कमा रहेको मदन कुमार भण्डारी र जीवराज आश्रितको सालिक तोडफोड गरेको हो ।शुक्रबार बिहान पार्कमा मर्निङवाक गर्न आएका स्थानीयले सालिक तोडफोड भएको देखेपछि पार्क व्यवस्थापन समितिलाई खबर गरेका थिए ।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक पूर्वाग्रह राखेर यस्तो घटना घटाइएको हेटौँडा-९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले आरोप लगाए ।

मदन भण्डारीको सालिकको शिर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पुरै सालिक उखेलेर फालिएको अवस्थामा रहेको उनले बताए ।

पार्कमा रहेका अन्य संरचना भने यथावत् रहेको उनले बताए । त्यहाँ रहेका गमला, बत्ती केही नगरिनु र सालिकलाई मात्रै असर पुग्ने गरी घटना घटाइनु मदनको विचारसँग पनि असमर्थ रहेकाले नियोजित रुपमा गरिएको आपराधिक कार्य भएको भण्डारी बताउँछन् ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारी सहितको टोलीले घटनाको अनुगमन गरिरहेको छ ।

प्रकाशित मिति: Apr 22, 2022

प्रतिक्रिया दिनुहोस्