Logo
८ जेष्ठ २०८१, मंगलबार
(April 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अहिलेसम्म १ करोड १९ लाख मतपत्र छापियो : निर्वाचन आयोग

स्थानीय तह निर्वाचनका लागि १ करोड १९ लाख मतपत्र छापिइसकिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।बिहीबारसम्म ५३ जिल्लाका लागि उक्त सङ्ख्यामा मतपत्र छापिई सकिएको आयोगले जनाएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पत्रकार सम्मेलन गर्दै मतपत्र छपाइबारे जानकारी दिएका हुन् । उनले भने, ‘५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापिइसकेको छ ।’

आयोगले वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइको काम भइरहेको छ । निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ गरिरहेको छ ।

सुरुमा दुर्गमका जिल्लाका लागि र पछि सुगमका जिल्लाका लागि मतपत्र छपाइको काम भइरहेको हो ।आयोगले स्थानीय तह निर्वाचनका लागि १ करोड ९४ लाख थान मतपत्र छाप्ने तयारी गरेको छ । यस पटक स्थानीय तहमा मतदाता सङ्ख्या १ करोड ७७ लाख ३३ हजार ७२३ रहेको छ ।

प्रकाशित मिति: Apr 21, 2022

प्रतिक्रिया दिनुहोस्