Logo
११ बैशाख २०८१, मंगलबार
(April 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिरहामा जन्ती बोकेर फर्किदैँ गरेको बस दुर्घटना हुँदा ३१ जना घाइते

मधेश प्रदेश स्थित सिरहामा जन्तीबाट फर्कदै गरेको बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका ४ चोहर्वामा यात्रुबाहक बस र ट्रक एकापसमा ठोक्किँदा धनुषा तथा महोत्तरी लगायतका जिल्लाका ३१ जना घाइते भएको प्रहरीले जनाएका छन् ।

जन्ती बोकेर फर्किरहेको ना ६ ख ८२०१ नम्वरको बस र विपरित दिशाबाट आइरहेको को १ ख ५४३४ नम्बरको ट्रक एकापसमा ठोक्किएको हो ।

घाइतेहरुमा महोत्तरीको भङ्गहा नगरपालिका–३ टिकुलियाका ४४ वर्षीय सुनिल सिंह, ६५ वर्षीय महेन्द्र चौधरी, गौशाला नगरपालिकाका ४५ वर्षीय लालो चौधरी, धनुषाका १२ वर्षीय अर्जुन चौधरी, दुवै गाडीका चालकलगायत ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

दुर्घटनामा परेको घाइतेहरुको अवस्था सामान्य रहेको र स्थानीय लाइफ लङ्ग हस्पिटल र गोलबजार हेल्थ केयर सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित मिति: Apr 21, 2022

प्रतिक्रिया दिनुहोस्