Logo
८ जेष्ठ २०८१, मंगलबार
(April 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सात वटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने गठबन्धनको निर्णय

सत्तारुढ गठबन्धनले सात वटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको छ । स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकले १८ देखि २२ वैशाखसम्म चुनावी सभा गर्ने निर्णय गरेको हो ।

‘निर्वाचन प्रचार प्रसार १७ गतेबाट सुरु हुने भएकाले १८ गतेदेखि २२ गतेसम्म आमसभा गर्ने भन्ने भएको छ’ माओवादी नेता देव गुरुङले भने, ‘सबै प्रदेशको राजधानीहरूमा आमसभा गर्ने निर्णय भएको छ ।’

जसअनुसार १८ गते सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा, १९ गते लुम्बिनीको बुटवल र गण्डकीको पोखरामा, २० गते मधेसको जनकपुर र प्रदेश १ को विराटनगर तथा २२ गते बागमतीको काठमाडौंमा संयुक्त आमसभा हुनेछ ।

प्रकाशित मिति: Apr 21, 2022

प्रतिक्रिया दिनुहोस्