Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनले नेपालमाथि ‘नाकाबन्दी गरेको भन्ने आरोप आधारहीन छ : राजदूत यान्छी

नेपालका लागि चिनिया राजदूत होउ यान्छीले चीनले नेपालमाथि ‘नाकाबन्दी गरेको भन्ने आरोप आधारहीन स्पष्ट पारेकी छन् । ।

चिनियाँ दूतावाताले बिहीबार गरेको भर्च्युअल पत्रकार सम्मेलनमा चीनले ‘सफ्ट ब्लकेड’ भनेको प्रति राजदूत यान्छीले निराधार भएको स्पष्ट पारेकी हुन्। साथै यान्छीले कोरोना संक्रमणका कारण  सुवागढी र तातोपानी नाका पूर्णरुपमा सञ्‍चालनमा आउन नसकेको बताएकी छन् ।

नेपाल चीनबीच अहिले पनि सोही स्थानहरुबाट व्यापार भइरहेको उनले दावी गरिन्। कोरोना भाइरस संक्रमणका कारण तीन नाकाहरुबाट सोचेअनुसार काम नभएको उनले स्पष्ट पारिन्।

कोरोना संक्रमण सुरु भएपछि रसुवागढी र तातोपानी नाका एकतर्फीरुपमा चीनले बन्द गरेको भन्दै नेपाली व्यवसायीहरुले विरोध गर्दै आएका छन्।

हालै भएको चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा समेत परराष्ट्रमन्त्री नारायण खड्काले नाका खुलाउनेबारे छलफल गरेका थिए।

छलफलका क्रममा विदेशी मन्त्री वाङ यीले रसुवागढी मात्र नभइ अन्य नाका सञ्चालनबारे पनि चीन सकारात्मक रहेको बताएका थिए।चीनमा कोरोना भाइरस सङ्क्रमणले महाकारीको रुप लिएपछि सुरुका दिनमा केही समयलाई चिनियाँ पक्षले नाकाहरू बन्द गरेको थियो। स्थिति नियन्त्रणमा आएपनि चीनले नाका खुलाउनेबारे खासै चासो दिएको छैन।

 

प्रकाशित मिति: Apr 21, 2022

प्रतिक्रिया दिनुहोस्