Logo
८ जेष्ठ २०८१, मंगलबार
(April 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपाले सार्वजनिक गर्यो घोषणा पत्र, ५० प्रतिशतसम्म स्थानीय कर कटौती गर्ने

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि राप्रपाले घोषणापत्र सार्वजनिक गरेको छ ।राप्रपाले सार्वजनिक गरेको ४ पेज लामो घोषणापत्रमा सुशासन, शिक्षा, स्वास्थ्य, कृषि तथा पशु, खानेपानी, कर व्यवस्था युवा तथा खेलकुदलगायतका विषयमा पार्टीले गर्नसक्ने कामका सन्दर्भमा स्पष्ट गरिएको छ ।

जसअनुसार हाल कायम स्थानीय करको दर परिमार्जन गरी ५० प्रतिशतसम्म स्थानीय कर कटौती गरेर न्युनतम करको व्यवस्था गर्ने राप्रपाले घोषणा गरेको छ ।

स्थानीय तहले जथाभावी कर असुलेको गुनासो आइरहेको बेला राप्रपाले करको दर घटाउने घोषणा गरेको हो। यस्तै रोजगारमूलक उद्योग स्थापना गर्नेलाई भौतिक पूर्वाधार निर्माणमा सहयोग तथा १० वर्षसम्म स्थानीय कर छुट दिने घोषणा पनि राप्रपाले गरेको छ ।

महिलाद्वारा सञ्चालित साना तथा घरेलु उद्योग व्यवसायमा १२ वर्षसम्म स्थानीय कर छुट दिने पनि राप्रपाको घोषणापत्रमा उल्लेख छ ।

राप्रपाले प्रत्येक किशोरीलाई पाठेघर क्यान्सरविरुद्धको खोप दिने जस्ता कार्यक्रम पनि ल्याएको छ ।सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने, सुत्केरी सेवा तथा निम्न आय भएका सुत्केरीलाई तीन महिनासम्म मासिक रुपमा ३ हजार भत्ता दिने घोषणा पनि राप्रपाले गरेको छ ।

प्रकाशित मिति: Apr 20, 2022

प्रतिक्रिया दिनुहोस्