Logo
६ बैशाख २०८१, बिहीबार
(April 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोसपा नेता संजय यादवद्वारा पार्टी परित्यागको घोषणा

यही बैशाख ३० गते हुने स्थानीय चुनाव नजिकिदै गर्दा विभिन्न नेता कार्यकर्ताले पार्टी परिर्वतन र परित्याग गर्नेको लहरै लागेको छ । त्यस्तै चुनाव नजिकिदै गर्दा लोककतान्त्रिक समाजवादी पार्टी नेपालका नेता संजय यादवले पार्टी परित्यागको घोषणा गरेका छन् ।

नेता यादवले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत लोसपासँगको यात्राबाट पूर्णरुपमा विराम लिएको घोषणा गरेका हुन् ।लोसपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

नेता यादवले पार्टी परित्याग गर्नुपर्ने कारण खुलाएका छैनन् । चुनावको मुखमा पार्टी परित्याग गर्नु सामान्य जस्तो भइसकेको छ ।

प्रकाशित मिति: Apr 20, 2022

प्रतिक्रिया दिनुहोस्