Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महानगर र उपमहानगरको सिट बाँडफाँटका लागि गठबन्धनको बैठक जारी

महानगर र उपमहानगरको सिट बाँडफाँटको टुङ्गो लगाउन गठबन्धनको बैठक जारी रहेको छ । दिनदेखि निरन्तर छलफल गरे पनि महानगर र उपमहानगरको सिट बाँडफाँटको टुंङगो लगाउन सकेको छैन ।

आइतबार, सोमबार र मङ्गलवार दिनभर छलफल गरेका पाँच दलका शीर्ष नेताहरूले मङ्गलवार त आधा रातसम्म छलफल गरेका थिए ।

तीन दिनसम्म भएको छलफल र समझदारीबमोजिम बुधबार त्यसलाई अन्तिम रूप दिन निर्णायक बैठक बसेको नेताहरूले दाबी गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले पाँच दलका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । बैठकमा कार्यदलका केही सदस्यहरू समेत सहभागी छन् ।

प्रकाशित मिति: Apr 20, 2022

प्रतिक्रिया दिनुहोस्