Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि कांग्रेसले घोषणा पत्र लेखन थाल्ने

नेपाली कांग्रेसले आजदेखि घोषणा पत्र लेखन थाल्ने भएको छ । मंगलबारसम्म सुझाव लिइएको र आजदेखि घोषणा पत्र लेख्न थालिने एक नेताले बताए ।

उनका अनुसार वैशाख ११ गते घोषणा पत्र सार्वजनिक गर्ने तयारी रहेको छ ।कांग्रेसले अहिलेसम्म सुझाव सङ्कलन गरेको थियो ।०७४ मा पार्टीबाट निर्वाचित जनप्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ता, विज्ञहरू र सर्वसाधारण जनताबाट कांग्रेसले घोषणा पत्रका लागि सुझाव लिएको थियो ।

कांग्रेसले महामन्त्री गगनकुमार थापाको नेतृत्वमा घोषणा पत्र बनाउँदै छ । यसपालि काँग्रेसले स्थानीय स्तरबाट पनि प्रतिबद्धता पत्र तयार गरी सार्वजनिक गर्ने तयारी गरेको छ । उम्मेदवारका भिन्नै र पार्टी समितिबाट भिन्नै प्रतिबद्धता पत्र हुनेछन् ।

केन्द्र र स्थानीय स्तरमा बनाइने घोषणा पत्रमा पूरा गर्न नसकिने खालका विषय समावेश नगर्न भनिएको ती नेता बताउँछन् । विगतका घोषणा पत्र हेर्दा पूरा गर्न नसकिने खालका विषय पनि समावेश गरिएका थिए ।

कांग्रेसले शिक्षा, स्वास्थ्य, रोजगारलगायतका विषयलाई प्राथमिकताका साथ घोषणा पत्रमा समावेश गर्ने तयारी गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारले विगत ३ वर्षमा गरेका नराम्रा कामबारे पनि घोषणा पत्रमा केही बुँदा हुनेछन् ।

यस्तै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गरेका राम्रा र नराम्रा कामबारे पनि समीक्षा हुने बताइएको छ ।

प्रकाशित मिति: Apr 20, 2022

प्रतिक्रिया दिनुहोस्