Logo
११ बैशाख २०८१, मंगलबार
(April 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्री र सिके राउतको टोलीबीच भेटर्वाता, जनमतको माग सम्बोधन गर्न सरकार सकारात्मक

गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत नेताहरूबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा शुक्रबार भएको छलफलमा सरकारले ०७१ असोज १५ र ०७५ फागुन २४ मा भएका सहमति कार्यान्वयनबारे छलफल भएको थियो।

छलफलमा जनमत पार्टीले आफूहरू स्थानीय तह निर्वाचन प्रयोजनार्थ निर्वाचन आयोगमा दल दर्ता गराएको र त्यसअघि आफूहरूसँग सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न माग गरेको थियो।

विभिन्न आरोपमा थुनामा पार्टीका नेता कार्यकतालाई रिहा गर्नुपर्ने, अभिव्यक्ति, स्वतन्त्रता र नागरिक हकको सम्मान हुनुपर्ने माग उक्त पार्टीको छ।

उनीहरूले आफूहरूले गरेको कृषि आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकता रिहा र कृषिसम्बन्धी आफूहरूका माग प्रस्तुत गर्दै पूरा गर्न आग्रह गरेका थिए।

गृहमन्त्री खाणले मुलधारको राजनीतिमा आएर निर्वाचन आयोगमा दल दर्ता गर्दै निर्वाचनमा जाने तयारी गर्नु स्वागतयोग्य काम भएको बताएका थिए।

जनमत पार्टीसँग पूर्ववर्ती सरकारले गरेको सहमतिबमोजिम कानुन अनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने खाणले बताए।

छलफलमा सरकारका तर्फबाट गृहमन्त्री खाणसहित महान्यायाधीवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे र सहसचिव फणिन्द्रमणि पोखरेल सहभागी थिए।

साथै जनमत पार्टीका तर्फबाट अध्यक्ष राउतसहित उपाध्यक्षत्रय बसन्त कुशवाह, दिपक साह र नरेन्द्र साह तथा महासचिव चन्दन सिंह सहभागी थिए।

प्रकाशित मिति: Apr 15, 2022

प्रतिक्रिया दिनुहोस्