Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तुला पर्वतको निर्देशनमा लघु फिल्म ‘आधा सपना’ सार्वजनिक

वैदेशिक रोजगारीको सिलसिलामा जाने नेपाली दाजुभाइ तथा दिदिबहिनीले भोग्ने यावत समस्यालाई उजागरण गरी तयार पारिएको लघु फिल्म आधा सपना सार्वजनिक भएको छ ।

मकाउमा छायांकन भएको फिल्ममा परदेशी जीवनको बास्तबिक भोगाईको यथार्थ पीडालाई समेटिएको निर्माता तथा निर्देशक तुला पर्वतले बताए । फिल्ममा सुरज अधिकारी, अमृत भण्डारी, सुस्मिता भण्डारी, सन्दीप लामिछाने र सिता पौडेलको अभिनय देख्न सकिन्छ ।

मकाउका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको फिल्म वाइडस्क्रिन मिडिया मार्फत बजारमा ल्याइएको हो । ‘आधा सपना’मा छायांकन, सम्पदन र संगीत समेत निर्देशक तुलाकै रहेको छ ।

प्रकाशित मिति: Apr 15, 2022

प्रतिक्रिया दिनुहोस्