Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सार्वजनिक सवारीसाधानको भाडा बढ्यो, अब काठमाडौंमा बस चढ्नेबित्तिकै २० रुपैयाँ भाडा

वाग्मती प्रदेश सरकारले बिहीबारदेखि सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । बैशाख १ देखि लागू हुनेगरी यसअघि नै श्रम, रोजगार तथा यातायात मन्त्रालय वाग्मती प्रदेशले भाडा बढाउने निर्णय गरेको थियो ।

साबिकको भाडामा १० प्रतिशत वृद्धि गरिएको हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि अनुसार भाडा समायोजन गरिएको प्रदेश सरकारले जनाएको छ ।

भाडा वृद्धिसँगै अब काठमाडौं उपत्यकामा सार्वजिक बस चढ्नेवित्तिकै २० रुपैयाँ लाग्नेछ । ५ किलोमिटर दूरीसम्म २० रुपैयाँ, १० किलोमिटर दूरीसम्म २५ रुपैयाँ भाडा तिर्नुपर्नेछ ।

त्यस्तै १० देखि १५ किलोमिटरसम्म ३० रुपैयाँ, १५ देखि २० किलोमिटरसम्म ३३ रुपैयाँ र २० किलोमिटरभन्दा धेरै यात्रा गर्दा ३८ रुपैयाँ भाडा तोकिएको छ वाग्मती प्रदेशमा चल्ने ट्याक्सीको पनि भाडा समायोजन गरएिको छ ।

पेट्रोलियम पदार्थबाट चल्ने र बिजुलीबाट चल्ने ट्याक्सीका हकमा छुट्टाछुट्टै भाडा कायम गरिएको छ ।

भाडा वृद्धिको निर्णय र सूची-

 

प्रकाशित मिति: Apr 14, 2022

प्रतिक्रिया दिनुहोस्