Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेस प्रदेश सरकारले दियो प्रहरीमा भर्ना खुलाउन अध्यादेश ल्याउने चेतावनी

मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रहरीमा भर्ना खुलाउन संघीय सरकारले बेवास्ता गर्दै आएकाले अध्यादेश ल्याउने चेतावनी दिएका छन् ।

बिहीबार जनकपुरधाममा नयाँ वर्षको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री साहले संघीय सरकारले प्रदेश प्रहरी समायोजन गर्न आनाकानी गरेकाले अध्यादेश मार्फत प्रदेश प्रहरी भर्नाका लागि अध्यादेश ल्याउने चेतावनी दिए ।

उनले वैशाख ३० गतेसम्म संघीय प्रहरी ऐन ल्याएर प्रहरी समायोजन गर्न संघीय सरकारलाई अल्टिमेटम समेत दिए । उनले  भने, ‘अविलम्बरुपमा प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाउने विश्वास राखेको छु, तर अहिलेसम्म संघीय सरकार अनिच्छुक देखिएको छ । यदि यस्तै रह्यो भने वैशाख ३० सम्ममा प्रहरी समायोजन नगरे प्रदेश सरकारले अध्यादेश ल्याएर भएपनि प्रहरी भर्ना प्रक्रिया अगाडि बढाउँछौ ।’

मन्त्री साहलेअगाडि  भने, ‘मधेश सरकारले तीनै तहको सरकारको सम्बन्ध सुमधुर होस् भन्ने चाहना राखेको छ, यसका लागि संघीय सरकारसँग हामीले प्रहरीबारे लामो समयसम्म पहल पनि गर्यौँ, संविधानले दिएको अधिकार सुनिश्चित होस् भन्ने अपेक्षा पनि हाम्रो छ । तर संघीय सरकारले प्रदेश प्रहरी समायोजना सम्बन्धी बेवास्ता गर्दै आएको छ ।’

मन्त्री साहले विधेयकबाट जाँदा बढी समय लाग्ने भएकाले अध्यादेश मार्फत नै तत्काल प्रदेश प्रहरी भर्ना गरिने बताए ।

 

प्रकाशित मिति: Apr 14, 2022

प्रतिक्रिया दिनुहोस्