Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, आइजिपी नियुक्त गर्न सक्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक डाकेका छन् । प्रधानमन्त्री देउवाले आज बिहान १० बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकले मन्त्रालयका नियमित प्रस्तावहरूसँगै सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गर्ने लगायतका निर्णय गर्ने बुझिएको छ ।

चार वर्षे कार्यकालका कारण सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबार अवकाश भएसँगै नयाँ नियुक्तिका लागि प्रक्रिया अघि बढेको थियो ।

महानिरीक्षक खनालले अवकाशमा गएसँगै निमित्त प्रमुखको जिम्मेवारी एआईजी पुष्पराम केसीलाई दिइएको छ  । सिंहदरवार उच्च स्रोतका अनुसार ठाडो प्रस्तावबाट आजै नियुक्त पनि गर्न सक्ने छ र नयाँ नेतृत्व पनि बढीमा तीन साताका लागि मात्रै चयन गर्नुपर्ने भएकोले एकैचोटी पछि नै गर्ने कि भन्ने पनि छ ।

प्रकाशित मिति: Apr 13, 2022

प्रतिक्रिया दिनुहोस्