Logo
११ बैशाख २०८१, मंगलबार
(April 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैज्ञानिकले पत्ता लगाए ६० वर्षको उमेरमा ३० वर्षजस्तै तन्नेरी देखिने अनौठो प्रविधि !

अहिलेको समय बैज्ञानिक युग हो भनेर भन्ने गरिन्छ । बैज्ञानिक युगमा मासिहरु विज्ञानको सायताले चन्द्रमा, मंगल गह्रमा समेत पुगेका छन् भने मृत्यु बरण मेसिनको समेत विकास गरीसकेका छन् ।

त्यस्तै पछिल्लो समयमा वैज्ञानिकहरुले यस्तो प्रविधिको विकास गरेका छन् जसबाट तपाईको उमेर ३० वर्ष घट्नेछ अर्थात् यदि तपाई ६० वर्षको हुनुहुन्छ भने ३० वर्षको जस्तै तन्नेरी देखिनुहुनेछ ।

बेलायतको बाब्राहाम इन्स्टिच्युटका वैज्ञानिकहरु वृद्धलाई तन्नेरी बनाइदिने यस प्रविधिलाई टाइम जम्प नाम दिएका छन् । यो प्रविधिले वृद्ध व्यक्तिको शरीरको छालालाई ३० वर्षे तन्नेरीको जस्तो बनाइदिन्छ र त्यहीँ बमोजिम सक्रियसमेत बन्दछ ।

उक्त इन्स्टिच्यूटमा सञ्चालिन इपिजेनेटिक्स अनुसन्धान कार्यक्रम अन्तरगत वैज्ञानिकहरुले मानव सरीरका पूराना कोषिकाहरुलाई नयाँ कोषिकामा पुनर्स्थापित गर्ने कोसिस गरिरहेका छन् । जसबाट अणुको तहमा मानिसले आफ्नो जैविक उमेर नगुमाओस् ।

इ लाइफ जर्नलमा प्रकाशित शोध अनुसार हाल उक्त अनुसन्धान तथा प्रविधि प्रारम्भिक अवस्थामा छ । यसले आगामी दिनमा उमेर कम गराउने रिजेनेरेटिभ औषधिहरुको भविष्य नै परिवर्तन गरिदिने वैज्ञानिकको भनाई छ ।

नोबेल पुरस्कार विजेता वैज्ञानिकद्धारा विकसित यो प्रविधिले बुढ्यौलीपनको समस्यालाई अन्त्य गर्ने क्षमता राख्दछ ।

हम्रो उमेर बढ्दै जाँदा हाम्रा शरीरका कोषिकाहरुको काम गर्ने क्षमतामा पनि ह्रास हुँदै जान्छ । सरीरका कोषिका तथा जिनमा समेत बुढोपना आउँदछ । रिजेनेरेटिभ बायोलोजीको उद्धेश्य शरीरका पूराना कोशिकाको ठाउँमा नयाँ कोषिका हाल्नु वा पूरानो कोशिकाको मर्मत गर्नु । यो काममा हाम्रो सरीरले पनि सहयोग गर्दछ । यसलाई इन्ड्युस्ड स्टेम सेल भनिन्छ ।

इन्ड्युस्ट स्टेम कोषिकाको प्रक्रिया विभिन्न चरणमा पूरा हुन्छ । यी कोशिकाहरु यतिधेरै सक्षम हुन्छन् कि कुनैपनि प्रकारका कोशिकामा आफूलाई बदल्न सक्दछन् । जसबाट पूराना कोषिकालाई हटाएर नयाँ कोषिका बन्दछन् ।

सामान्य कोषिकालाई यस प्रकारका रिप्रोग्रामिङ कोशिकामा परिणत गर्ने काम पहिलोपटक सन् २००७ मा शिन्या यामानाकाले गरेका थिए ।उनले सामान्य कोशिकालाई इन्ड्युस्ड स्टेम सेलमा बदलिदिएका थिए । एजेन्सी

प्रकाशित मिति: Apr 11, 2022

प्रतिक्रिया दिनुहोस्