Logo
६ बैशाख २०८१, बिहीबार
(April 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हरिहरको जन्मदिनमा नीताले भनिन् :‘मनको मान्छे सधै खुसी देख्न पाइयोस्’

युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीको आज जन्म दिन रहेको छ । यस्तै हरिहरको आइतबार परेको जन्मदिनको शुभकामनामा पनि नीता ढुंगानाले मनको मान्छे भनेर शुभकामनामा प्रेम व्यक्त गरेकी छन् ।

उनीहरुको प्रमेबारे शिने बजारमा चर्चापरिचर्चा चलिनै रहेको हुन्छ । तर उनीहरुले आफ्नो प्रमे अस्वीकार गर्दै आएका छन् र उनीहरुले आफूहरु एक असल र घनिष्ठ साथी भएको दाबी गर्दै आएका छन् ।

कति अन्तरर्वातामा निताले हरिहरको कारण नै आफू आत्मिकतामा अगाडी बढीरहेको समेत बताउँदै आएकी छन् तर प्रेम भने स्विकारेकी छैन् । तर पनि उनीहरुले एकअर्का प्रति गर्ने व्यवहारले प्रेम रहेको सजिलै अनुमान लगाउन सकिन्छ । त्यस्तै प्रमेको चर्चा साथै उनीहरु दुवैले काममा पनि सहकार्य गरिरहेका छन् ।

हरिहरले चलाउने एक टिभी शोको नीताले निर्देशन गरिरहेकी छन्, भने दुबैले सहकार्यमा फिल्म बनाउने तयारी पनि छ ।

‘जिन्दगीको गोरेटोमा एउटा साथ थपिएको सहकर्मी हजुर, राम्रो मान्छे, मनको मान्छे उदाहरणीय मान्छे हजुर, हजुरको यो अनुहारमा यसरी नै खुसी देख्न पाइयोस्’, उनले सामाजिक संजालमा लेखेकी छन्, ‘हजुरलाई जन्मदिनको धेरै धेरै शुभकामना हजुर, भगवान सधैं दाहिने रहून् ।’ स्टाटसको अत्यमा उनले थुप्रै प्रेमको प्रतिक समेत पोष्ट गरेकी छन् ।

 

प्रकाशित मिति: Apr 10, 2022

प्रतिक्रिया दिनुहोस्