Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुजुकीको नयाँ र सस्तो एडभेन्चर बाइक आउदै, यस्ता छन् विशेषता !

सुजुकी टु ह्विलर्स इन्डियाले कम्पनीले सामाजिक सञ्जालमा नयाँ बाइकको टिजर सार्वजनिक गरेको छ । अब चाँडै नै भारतमा सस्तो एड्भेन्चर बाइक लन्च गर्ने तयारीमा लागेको छ ।

नयाँ बाइक भी-स्ट्रोम २५० हुने अनुमान गरिएको छ । कम्पनीले लामो समयदेखि सो बाइक विश्व बजारमा बिक्री गर्दै आएको छ ।

कम्पनीको आधिकारिक टिजरमा “मास्टरसँग नयाँ चुनौती पत्ता लगाउनुहोस्“ र “मास्टरसँग चिल गर्न नयाँ ठाउँ खोज्नुहोस“ लेखिएको छ । सो बाइक भी-स्ट्रोम २५० रेन्जबाट एडीभी हुने अनुमान गरिएको छ ।

भी-स्ट्रोम २५० को मेकानिकल फिचर जिक्सर २५० सिरिजसँग मिल्दोजुल्दो हुने सम्भावना छ । जिक्सर २५० चाहिं २४० सीसी सिंगल सिलिन्डर आयलकुल्ड इन्जिनद्वारा संचालित छ जसले २६.१ एचपीको पावर र २२.२ एनएमको टर्क जेनेरेट गर्छ ।

सो बाइकलाई ६ स्पिड म्यानुअल गियरबक्ससँग जोडिएको छ ।बाइकको फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा मोनोसक एब्जर्बर हुने सम्भावना रहेको छ । साथै यसमा मल्टि-स्पोक अलोय ह्विल पनि देख्न सकिनेछ । बाइकमा सर्कुलर अल-एलईडी हेडल्याम्प, लामो भाइजर, सिंगल पिस सिट हुनेछ ।

सुजुकी टु ह्विलर्स इन्डियाले यही महिनाभित्र आफ्नो नयाँ बाइक लन्च गर्ने अपेक्षा गरिएको छ । लन्चिङ पछि सो बाइकले केटीएम २५० एड्भेन्चर, बेनेली टीआरके २५१ आदिसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल अटो

प्रकाशित मिति: Apr 7, 2022

प्रतिक्रिया दिनुहोस्