Logo
५ जेष्ठ २०८१, शनिबार
(April 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन आचारसंहिता प्रतिबद्धता पत्रमा हस्ताक्षर नगरी बाहिरियो एमाले

स्थानीय तह निर्वाचन आचारसंहिता प्रतिबद्धता पत्रमा नेकपा एमालेले हस्ताक्षर नगरी बाहिरिएको छ । बैठकको वातावरण स्वस्थ नभएको भन्दै एमालेका प्रतिनिधिले निर्वाचन आचारसंहिता प्रतिबद्धता पत्रमा हस्ताक्षर नगरी बाहिरिएका हुन् ।

मंगलबार आयोगले स्थानीय तहको निर्वाचनका लागि मान्यता पाएका ७९ दलहरूलाई निर्वाचन आचारसंहितामा प्रतिबद्धताका लागि बोलाएको थियो ।

एमालेका तर्फबाट आयोगले बोलाएको बैठकमा एमाले कानुन विभागका प्रमुख रमेश बडाल र निर्वाचन विभाग उपप्रमुख निरज आचार्य सहभागी थिए ।

निर्वाचन विभाग उपप्रमुख आचार्यले बैठकमा साना दल र निर्वाचन आयोगका पदाधिकारीबीच अस्वस्थ बहस भएकाले आफूहरू बाहिरिएको बताए ।

‘बैठकमा परिस्थिति ठिक भएन । साना दलहरूको अस्वस्थ भनाभन नाराबाजी भयो । हाम्रा पनि केही कुरा थिए ती कुरा राखेर पछि गरौँला भनेर हिँडेका हौँ, उनले भने, आचारसंहिताजस्तो विषयमा आफ्ना कुरा पनि राख्ने भन्ने हाम्रो कुरा थियो ।’

निर्वाचन आचारसंहितामा एमाले प्रतिबद्ध भएको तर केही कुरा राख्नुपर्ने पनि रहेकाले होहल्लाबिच हस्ताक्षर नगरिएको आचार्यको भनाइ थियो ।

बैठक हलमा त्यस्तो वातावरण बनेपछि आफ्ना कुरा राख्ने उचित प्रबन्ध नभएको भन्दै आफूहरू बाहिरिएको आचार्यले बताए । उनले भने,’ आजको परिस्थिति त्यस्तो भएको हुनाले सहज वातावरणमा जाउँला भनेर बाहिरिएका हौँ ‘।

नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय निर्वाचन आयोगको आलोचना गर्दै आएका छन् ।

प्रकाशित मिति: Apr 5, 2022

प्रतिक्रिया दिनुहोस्