Logo
५ जेष्ठ २०८१, शनिबार
(April 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्ता गठबन्धनको चुनाव परिचालन तथा अनुगमन समितिको बैठक बुधबार बस्ने

सत्ता गठबन्धनको स्थानीय तह चुनाव परिचालन तथा अनुगमन समितिको बैठक बुधबार बस्ने भएको छ । नेता पौडेलले बुधबार दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्ने गरी बैठक बोलाएका हुन् ।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनका लागि काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा चुनाव परिचालन तथा अनुगमन समिति गठन गरेको थियो ।

समितिका संयोजक पौडेलले स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धनलाई कसरी अघि बढाउने भन्नेबारे छलफल गर्ने गरी पहिलो बैठक बोलाएको बताए ।

‘सत्ता गठबन्धन दलहरूबीच तालमेल गरेर जाने तयारी छ, त्यही कहाँ कसरी गर्ने रु कसरी परिचालन गर्ने रु भन्नेबारे छलफल गर्ने हो,’ पौडेलले भने, ‘सबै पार्टीहरूको धारणा अनुसार नै चुनाव परिचालनको मोडेल तयार गर्छौ ।’ समितिमा सत्ता गठबन्धनमा रहेका पाँच दलका नौ जना नेताहरू सदस्य छन् ।

जसमा काँग्रेसबाट महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका नेताहरू वर्षमान पुन र देव गुरुङ, नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल र विजय पौडेल, जनता समाजवादी पार्टीका नेता अशोक राई र भौतिक पूर्वाधार मन्त्री रेनु यादव तथा राष्ट्रिय जनमोर्चाका नेता हिमाल पुरी सदस्य छन् ।

प्रकाशित मिति: Apr 5, 2022

प्रतिक्रिया दिनुहोस्