Logo
५ जेष्ठ २०८१, शनिबार
(April 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय चुनावमा ठेकेदारले उम्मेदवार हुन नपाउने विषय सबै जनामा लागू हुँदैन : निर्वाचन आयोग

स्थानीय चुनावमा ठेकेदारले उम्मेदवार हुन नपाउने विषय सबै जनामा लागू नहुने निर्वाचन आयोगले प्रस्ट्याएको छ ।मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयुक्त रामप्रसाद भण्डारीले यो व्यवस्था सबै ठेकेदारका हकमा लागू नहुने बताए ।

आसन्न स्थानीय तह निर्वाचनमा ठेक्कापट्टामा संलग्न व्यक्ति उम्मेदवार हुन नपाउने निर्वाचन आयोगको आचारसंहितामा व्यवस्था गरेको समाचार बाहिरिएको सन्दर्भमा आयोगले यसबारे प्रस्ट पारेको हो ।

केही दिन अगाडि के समाचार आयो भने, ‘ठेक्कापट्टामा लागेकोले निर्वाचनमा भाग लिन नपाउने ! त्यो पनि सही समाचार होइन,’ दलहरूसँग आचारसंहिताका विषयमा प्रतिबद्धता लिन आयोजित बैठकमा उनले भने,‘हो कुरो चाहिँ के भने, त्यो पालिकामा ठेक्कापट्टामा संलग्न व्यक्तित्व जसको बेरुजुहरू पनि छन् भने, त्यस ठाउँमा चाहिँ उहाँले उम्मेदवार हुन नपाउने हो ।’

सो पालिकामा उक्त उम्मेदवारका नाममा बेरुजु खडा छ, भने निर्वाचन ऐनले नै उम्मेदवारीका लागि अयोग्य हुने व्यवस्था रहेको आयुक्त भण्डारीले बताए ।

‘त्यहीँ ठाउँमा उहाँले उम्मेदवार हुन चाहेर भरे उहाँको उम्मेदवारी रद्द गर्नुपर्ने भयो भने त्यस्ले राम्रो सन्देश दिँदैन,’ उनले भने ।आचारसंहितामा ऐन नियममा भएका कुरालाई मात्र लिएर राखिएको उनको भनाइ थियो ।

प्रकाशित मिति: Apr 5, 2022

प्रतिक्रिया दिनुहोस्