Logo
५ जेष्ठ २०८१, शनिबार
(April 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस नेता पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि सत्ता गठबन्धनका दलहरुले छुट्टै समिति गठन गरेका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग एक वृहत् अन्तरक्रियाको आयोजना गर्ने निर्णय पनि भएको छ ।

त्यस्तै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणबारे ब्रिफिङ समेत गरेका थिए । समग्रमा भारत भ्रमण सफल रहेको निष्कर्ष गठबन्धनले निकालेको छ ।

अन्तरक्रियाबाट प्राप्त हुने सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय भएको मल्लले को भनाइ छ । समितिमा रहने सदस्यहरुको नाम भने सार्वजनिक भएको छैन् ।

 

 

प्रकाशित मिति: Apr 5, 2022

प्रतिक्रिया दिनुहोस्