Logo
५ जेष्ठ २०८१, शनिबार
(April 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनावी तालमेलको मोडालिटीबारे छलफल गर्न आज गठबन्धनको बैठक

स्थानीय निर्वाचनमा चुनावी तालमेलको मोडालिटीबारे छलफल गर्न सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक आज मंगलबार बस्दै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि पहिलो पटक गठबन्धनको बैठक बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केही बेरमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटीबारे छलफल हुनेभएको छ ।

आजको बैठकमा तालमेलको मोडालिटी टुंग्याउने गरी छलफल हुने बताइएको छ । गत १७ गते बसेको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: Apr 5, 2022

प्रतिक्रिया दिनुहोस्