Logo
५ जेष्ठ २०८१, शनिबार
(April 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय

चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने पाँच दलीय सत्ता गठबन्धनको बैठकले निर्णय भएको छ ।

सोमबार बिहान बसेको गठबन्धनको बैठकले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीच स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने निर्णय गरेको हो ।

बैठकपछि सार्वजनिक प्रेस विज्ञप्तिमा काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका इन्चार्ज कृष्ण प्रसाद खनाल, जसपा अध्यक्ष प्रेम भुजेल र राजमो अध्यक्ष डम्बर पुरीले हस्ताक्षर गरेका छन् ।

 

प्रकाशित मिति: Apr 4, 2022

प्रतिक्रिया दिनुहोस्