Logo
३० बैशाख २०८१, आईतबार
(April 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले भने : ‘नेपाली दूतावासमा चुच्चे नक्सा हटाइएको छ, यो भन्दा लज्जाजनक कुरा के हुन्छ?’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली दूतावासमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा हटाएको आरोप लगाउका छन् ।

आइतबार काठमाडौँमा आयोजित पार्टीको कार्यक्रममा बाल्दै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दिल्लीस्थित नेपाली दूतावासमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा हटाइएको आरोप लगाएका हुन् ।

उनले भने, ‘नेपाली दूतावासमा बुच्चे नक्सा राखिएको छ । चुच्चे नक्सा हटाइएको छ, यो भन्दा लज्जाजनक कुरा के हुन्छ ?’आफूले प्रधानमन्त्री देउवालाई किन भारत भ्रमणमा जान लाग्नुभएको भनी सोध्दा जवाफ नदिएको भन्दै ओलीले भने, ‘यसकै लागि जानुभएको रहेछ ।’

उनले भने, ‘प्रधानमन्त्री फर्किनुभन्दा अगाडि दिल्ली दूतावासमा हाम्रो संविधानले भनेको नक्सा, हाम्रो संसद्ले संविधान संशोधन गरेर राखेको नक्सा किन राखिएन ?’

सरकारले राष्ट्रियता र भौगोलिक अखण्डताविरुद्ध गतिविधि गर्दा पनि बुद्धिजीवी हात बाँधेर बसेको ओलीले टिप्पणी गरे । ‘अब बुद्धिजीवी हात बाँधेर बस्ने कि चुप लागेर बस्ने कि ?.’

प्रकाशित मिति: Apr 3, 2022

प्रतिक्रिया दिनुहोस्